विश्वकपमा बाजी खेल्ने खेलाउने ३ पक्राऊ


आर्थिकन्यूज

काठमाडौं, असार २६ । राजधानीका विभिन्न स्थानमा सट्टा बाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् । वल्ड कपको बिषयमा सट्टा बाजी (बेटिङ) गरि नगद हारजित गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभन्न सूचनाका आधारमा महानगरिय प्रहरी वृत्त दरवारमार्गवाट प्रहरी परिचालन गरि त्यस्ता कार्य गर्ने व्यक्तिहरुको निग्रानी राखी खोजतलाश गर्न क्रममा प्रहरीले पक्राउ गरेको हो ।

२०१८ को जारी वल्ड कपमा ४,००,००० ।– नगद सट्टा बाजी (बेटिङ) रु.४,००,०००।– खेलाउने र खेल्ने मुखिया गुरुङ समेतका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मनाङ निसाङ गा.पा.७ घर भई हाल का.जि.म्हेपीमा बस्ने ४२ वर्षिय मुखिया लामा, स्याङजा वालिङ न.पा.३ घर भई हाल का.जि.बालुवाटार बस्ने २४ वर्षिय सुवास गुरुङ र काठमाण्डौ जिल्ला का.म.न.पा.१६ पक्नाजोल बस्ने ३३ वर्षिय मुखिया गुरुङ रहेका छन् ।

उनीहरूलाई केही सार्बजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्यादथप गरी प्रहरी वृत्त दरवारमार्गवाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया