‘प्लाष्ट नेपाल २०१८’ प्रदर्शनी असोज १९ देखि २१ सम्म


आर्थिकन्यूज

काठमाडौं, असार २६ । प्लाष्ट नेपाल फउण्डेशनले आगामी असोज १९ देखि २१ सम्म भृकुटी मण्डपमा ‘प्लाष्ट नेपाल २०१८’ प्रदर्शनी गर्ने भएको छ । उक्त फउण्डेशनले यो प्रदर्शनी दोस्रो पटक आयोजन ागर्न लागेका हुन् । यस अघि पहिलो संस्करण २०७१ कार्तिक महिनामा आयोजना भएको थियो ।

यस प्रदर्शनीमा प्लाष्टिक उद्योगहरु र छिमेकी मुलुक भारत लगाएतका अन्य देशका समेत गरि करिब ५०० ओटा प्लाष्टिक उद्यमी व्यवसायीहरु रहनेछन् भने करिव ६० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको फाउण्डेशनले जनाएको छ । प्रदर्शनीमा प्लाष्टिकजन्य स्वदेशी उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु (रिसाइक्लिङ उद्योग सम्बन्धि प्रविधिहरु समेत)को विभिन्न स्टलहरु राखिने भएका छन् ।

यसबाट स्वदेशी उपभोक्ताहरुले नेपाली उद्योगहहरुको उत्पादनको जानकारी पाउनेछन् भने उद्योगी व्यबसायीहरुले नविन प्रविधि र कच्चा पदार्थका सम्बन्धमा विविध जानकारी पाउने छन् । सरकारले प्लाष्टिकको झोला उत्पादन प्रतिबन्ध लगाउदै गर्दा प्लाष्टिकको बहुपक्षिय आवश्यकता र उपयोग बढ्दै गएको सन्दर्भमा ‘प्लाष्टिकलाई चिनौं’ भन्ने मूल नाराका साथ आयोजन ागर्न लागेका हुन् ।

मेलाको तयारी र ब्यवस्थापनका लागि फाउण्डेशनका कोषाध्यक्ष विवेक तातेडको संयोजकत्वमा तीन सदस्यीय मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ । प्लाष्ट नेपाल फाउण्डेशनद्धारा आयोजित यस प्रर्दनीको व्यवस्थापनको जिम्मा इभेन्ट सोलुशन प्रालि.ले लिएको फाउण्डेशनका अध्यक्ष शरद कुमार टिबडेवालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया