थाइल्याण्डको गुफामा २ हप्तादेखि फसेका सबै १३ जनाको सकुशल उद्दार (भिडियाे सहित)


बिबिसी

काठमाडौं, असार २६ । उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याएइ पश्चात सम्पूर्णा १३ जना सकुशल बाहिर निकाल्न सफल भएकाे छ ।

थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार(चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो।

एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए। पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो।

कसरी गरियो अन्तिम चरणको उद्धार ?

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो।

तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो। आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए। बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूले बताए बताएका थिए । गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो। त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन। थाई र विदेशी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए‍।

ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए। त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु परेको थियो।
यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो। हजारौँ व्यक्तिहरूले समग्र उद्धार अभियानमा स्वयम्सेवा गरेका थिए।

बालकहरूको अवस्था कस्तो छ ?
यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ। दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

थाई उद्दार टिमले १२ बालक र उनीहरुको प्रशिक्षककको उद्दार सफल भएकोमा खुशी व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखेको छ । गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो । गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो । उनीहरुलाई उद्दार गर्नका लागि आइतबारदेखि उद्दार कार्य सुरु भएको थियो । उद्दार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्दार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरुको प्रशिक्षकको उद्दार भएको हो ।

उनीहरुको उद्दारका लागि पटक पटक गरी एक हजार जना उद्दारकर्ता खटिएका बीबीसीले जनाएको छ ।

भिडियाे..

फेसबुकबाट तपाईको प्रतिक्रिया