कस्ले जित्ला त विश्वकप फुटबल २०१८


आर्थिकन्यूज

काठमाडौं, असार २६ । हाल रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल आजदेखि शुरु हुुँदैछन् । सेमिफाइनलका खेल सेन्ट पिटरबर्गमा नेपाली समय अनुसार राती ११ः४५ बजे शुरु हुनेछन् । मगलबार राती फ्रान्स र बेल्जियमबीच हुनेछ भने बुधबार क्रोयशिया र इङ्ल्याण्डबीच हुने भएको छ ।

यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने निधो भैसकेका छन् । धेरैले बिश्वकप जित्ने लख काटेका टिमहरु एकाएक बाहिरिएपछि यो पटकको विश्वकप खेल झनै अनपेक्षित रुपमा अघि बढिरहेको छ ।

यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने मात्रै निश्चित छ । सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

क्वार्टरफाइनल खेलमा फ्रान्सले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्यो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो ।

त्यसैगरी इंग्ल्याण्डले स्वीडेनलाई २–० तथा क्रोसियाले आयोजक रुसलाई ट्राइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सेमिफाइलनमा आफ्नो स्थान सुरक्षित गर्यो ।

सेमिफाइनलमा मंगलबार फ्रान्सले बेल्जियमको सामना गर्दैछ । प्रत्येक चार चार वर्षमा आयोजना हुने विश्वकपमा फ्रान्सले १२ वर्षपछि तथा बेल्जियमले ३२ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

त्यस्तै बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा एक पटकको विश्व विजेता इंग्ल्याण्डले क्रोसियाको सामना गर्दैछ । इंग्ल्याण्ड २८ वर्षपछि तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया