थाईल्याण्डको गुफामा फसिरहेका बालकहरुको उद्धार पुनः शुरु


आर्थिकन्यूज

बिबिसी, असार २५ । थाईल्याण्डको एउटा गुफामा फसिरहेका उद्धार गर्न बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएको बुझिएको छ। त्यहाँ रहेका मध्ये सानो उमेरका अन्य चारलाई आइतबार नै सकुशल उद्धार गरिसकिएको छ ।

फसेकामध्ये आठजना बालक र प्रशिक्षकको उद्धार गर्न बाँकी छ। बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएकोबारे औपचारिक रुपमा केही बताइएको छैन। तर गुफाको प्रवेशद्वारमा एम्बुलेन्सहरू पुगेको बीबीसी संवाददाताले देखेका छन्।

अक्सिजनका ट्याङ्कीहरूलाई फेर्नुपर्ने भएकोले उद्धार कार्य राति रोकिएको थियो।

यस अघि चार महिनासम्म लाग्न सक्ने जनाएका उद्धार कार्यमा खटिरहेका त्यहाँका सुरक्षा टोली र गोताखोरहरुले जनाए पनि उद्धारकार्य सोचेभन्दा छिटो भएको छ ।

पानी रोकिएको फाइदा उठाउँदै उद्धारकर्मीहरूले उद्धारको काम शुरूमा ठानिएभन्दा निकै छिटो शुरू गरेका थिए।

उद्धार कार्यको पहिलो चरण पनि अधिकारीहरूले सोचेभन्दा निकै छिटो सम्पन्न भएको थियो।
अघि बिहान उद्धार टोलीका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले भनेका थिए, ूथप उद्धारका लागि हाम्रो टोली तयार हुने बितिक्कै हामीले उद्धार कार्यलाई निरन्तरता दिन्छौँ।

ती बालकहरूले सुरक्षित उद्धारका लागि पहिला कहिल्यै नलगाएको पानीमुनि जाँदा लगाउनुपर्ने कपडा र उपकरणहरू लगाएका थिए।

उनीहरूलाई अनुभवी व्यक्तिहरूले उद्धार गरेका थिए र अहिले ती बालकहरूलाई चेकजाँचको लागि अस्पतालमा लगिएका छन्।

स्थानीय सञ्चारमाध्यम र बिबिसीले जनाए अनुसार सबैभन्दा कान्छामध्येका ती बालकहरूले कठिन परिस्थिति सामना गरेर आए पनि उल्लेखनीय रुपमा राम्रो गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया