व्यापार युद्ध हुने सम्भावना बढेपछि चिनियाँ प्रधानमन्त्रीको यस्तो आयो भनाई


रासस/एएफपी

सोफिया, असार २३ ।  चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताउनुभएको छ ।

अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी यस्तो चेतावनी दिनुभएको हो ।

“व्यापार युद्धले कुनै पक्षलाई पनि फाइदा हुदैन, बरु यसले स्वतन्त्र व्यापारलाई असर गर्छ, बहुआयामिक प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।

सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु ९बाल्कन० को शिखर सम्मेलनमा उहाँले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गर्नुभयो ।

“यदि कुनै देशले सीमा शुल्क बृद्धि गर्न चाहन्छ भने त्यसलाई चीनले त्यही तरिकाले प्रतिक्रिया जनाउने छ,” उहाँले भन्नुभयो ।

अमेरिका र चीनले जस्तालाई त्यस्तै भने झै एक अर्काको आयातमा सीमा शुल्क बृद्धि गरेका छन् । यसलाई विश्वमै अहिले सम्मकै सवै भन्दा ठुलो व्यापारिक युद्धका रुपमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया