डिसहोमको सञ्चालक पदबाट देबीप्रकास भट्टचनको बर्हिगमन


आर्थिकन्यूज

काठमाडौं, असार २२ । वायरलेस टेलिभिजन सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क (डिसहोम)को सञ्चालक समिति परिवर्तन भएको छ । बिहिबार भएको डिश मिडिया नेटवर्क लिमिटेड को संचालक समितिको वैठकले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

एक कार्यक्रमका बीच देवी प्रकाश भट्टचन अध्यक्ष तथा संचालक पदबाट दिइएको राजिनामा स्वीकृत गरि वैठकले सुदिप आचार्यलाई संचालकमा नियुक्त गरेको छ ।

संचालकहरुको सर्व सम्मतिमा संचालक हेमराज ढकाललाई संचालक समितिको अध्यक्षमा र सञ्चालक सुदिप आचार्यलाई प्रवन्ध संचालकमा चयन गरेको छ ।

अध्यक्ष हेमराज ढकाल आइएमई समुहको प्रवन्ध निर्देशक तथा विभिन्न उद्योग व्यवसाय संग आवद्ध रहेका छन् भने प्रवन्ध निर्देशक सुदिप आचार्य यसै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा उद्यमीे हुन् ।

सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (म्ष्कजज्यmभ) नेपालको एबथ त्ख् क्ष्लमगकतचथ मा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । गत वर्ष असार १८ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया