एनएलजी ईन्स्योरेन्स उत्कृष्ट बीमा कम्पनीको रुपमा पुरस्कृत


आर्थिकन्यूज

काठमाडौं, असार २२ । “सर्वोत्कृष्ट बाली तथा पशुपन्छी बीमा कम्पनी” द्धारा एनएलजी ईन्स्योरेन्स कम्पनी पुरस्कृत भएको छ ।

नेपाल सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय द्वारा निर्जिवन बीमा कम्पनीहरु मध्ये बाली तथा पशुपन्छी क्षेत्रमा बीमा सेवा प्रदायकको रुपमा उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेबापत् एनएलजी ले यो सम्मान पाएको हो ।

बुधबार एक कार्यक्रमका बीच राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मान समारोह २०७५ मा “सर्वोत्कृष्ट बाली तथा पशुपन्छी बीमा कम्पनी” बाट यस एनएलजी ईन्स्योरेन्स पुरस्कृत भएको एच आर विभागका प्रमुख नौमीनाथ अधिकारीले आर्थिकन्युजलाई बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया