इयु संसदद्वारा प्रतिलिपि अधिकार कानुनको मस्यौदा अस्वीकृत


रासस/एएफपी

ब्रसेल्स,  असार २१ ।  युरोपेली संघको संसदले प्रतिलिपि अधिकार सम्वन्धी अति विवादास्पद एउटा कानूनको प्रस्तावलाई अस्वीकृत गरिदिएको छ ।

संसद सदस्यहरूले गीतसंगीत, फिल्म, समाचारलगायतका सृजनाको संरक्षणको सूनिश्चितता गर्न माग गरेका छन् ।
विश्व नै विद्युतीय जमानामा पुगिसकेको कुरालाई पनि आत्मसाथ गर्ने कानूनको मस्यौदा बनाउन सांसदहरूको सुझाव छ ।
फ्रान्सको पूर्वी सहर स्ट्रासबर्गमा भएको संसदको बैठकमा ३८१ जनाले मस्यौदा कानूनको विपक्षमा मतदान गरेका थिए भने २७८ जनाले मस्यौदाको पक्षमा मतदान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया