नेपाल बैंकको एफपीओका कारण ८ वटा क्यापिटल डुब्ने खतरामा


आर्थिकन्यूज
nepal bank

काठमाडौं, असार २० । नेपाल बैंकले सार्वजनिक गरेको एफपीओ असार १९ गतेसम्मको बिक्रिलाई आधार मान्ने हो भने बैंकको सम्पूर्ण शेयर विक्रि हुने सम्भावना न्यून देखिएको छ ।

बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निष्कासन गरेको हो ।

यता, बैंकको एफपीओमा आवेदनकर्ताको आकर्षण नदेखिएपछि ८ वटा क्यापिटलहरुले अण्डरराइटिङका लागि बैंकसँग सहमत भएको चर्चा बाहिर आएको छ ।

१ अर्ब १५ करोडदेखि २३ करोडसम्मको रकम अण्डरराइटि गर्नका लागि ८ वटा क्यापिटलले निवेदन दिएका छन् । निवेदन दिनेमा सीबीआइएल क्यापिटलले ४१ लाख २० हजार ९ सय ३२ कित्ताका लागि १ अर्ब १५ करोड ३० लाख रुपैयाँ शेयर खरिद गर्ने प्रस्ताव नेपाल बैंकमा पेश गरेको छ ।

त्यस्तैगरि, ग्लोबल आइएमइ क्यापिटलले ४० लाख ५० हजार २ सय ७७ कित्ताका लागि १ अर्ब १३ करोड ४० लाख रुपैयाँका आवेदन दिएको छ । त्यस्तै, एनआएबीएल एस क्यापिटलले ८९ करोड ९० लाख, सिभिल क्यापिटल मार्केटले ४५ करोड रुपैयाँ, सनराइज क्यापिटल ३६ करोड रुपैयाँ, लक्ष्मि क्यापिटलले ४५ करोड रुपैयाँको शेयर अण्डरराइट गर्नका लागि निवेदन दिएको छ ।

त्यस्तैगरि, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआइ मर्चेन्टले २३ करोड रुपैयाँ खरिद गर्न निवेदन दिएका छन् ।

सर्वसाधारणले खरिद नगरेको शेयरको मात्र धेरै हुने पक्का भएको छ । तर, अण्डरराटिङ बैंकसँग सहमत भइसकेको ८ वटा क्यापिटलले भने अब के गर्लान भन्ने जिज्ञासा बढेको छ ।

क्याटिलले नेपाल बैंकको एफपीओ अण्डरराइट गर्ने हो भने क्यापिटलमा सर्वसाधारणको रकम समेत ढुब्ने खतरा बढेको छ । क्यापिटलको पुँजीभन्दा कयौं गुणा बढी रकम लगानी गरेपछि क्यापिटलहरु संकटमा पर्ने सम्भावना बढेर गएको देखिएको छ ।

यसमा धितोपत्र बोर्डले निर्धारण गरेको एफपीओको मुल्य बढी दोषी देखिन्छ एक मचेन्ट बैंकरले बताए । बोर्डले निर्धारण गरेको एफपीओको मुल्य बढिरहेको शेयर बजारमा मात्र फिट हुने ती बैंकरको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया