सरकारको राजीतिक गोटी बन्यो बुढीगण्डकी, १२ सय मेगावाटको यो आयोजना फेरि चिनियाँ कम्पनीलाई दिँइने


आर्थिकन्यूज
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, असार २० । सरकारले बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई दिने संकेत गरेको छ ।

परराष्टमन्त्री प्रदीप ज्ञवालीले अघिल्लो सरकारको निर्णयलाई हतारको निर्णयको संज्ञा दिँदै यसमा पुनरावलोकन गरिने जानकारी दिए । उनले सरकारले यसमा पुनरावलोकन गरिरहेको र चाँडै नै आवश्यक निर्णय लिने कारोबारलाई बताएका हुन ।

१२ सय मेगावाट क्षमताको योजलायशयुक्त आयोजना विगतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई दिने विवादास्पद निर्णय गरेको थियो ।

दाहाल नेतृत्वको सरकार कामचलाउन भइसकेपछि गरिएको यस्तो निर्णयको सर्वत्र विरोधपछि संसदीय समितिको निर्देशनपछि शेरवबहादुर देउवा नेतृत्वको सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता भंग गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय ग रेको हो ।

मन्त्री ज्ञवालीले चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपको नाम नलिइन पुनः उसैलाई दिने संकेत गरेका हुन । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया