फेरि ९ सहकारी समस्याग्रस्त घोषणा, सर्वसाधारणको पैसा फिर्ता गर्न समस्या


आर्थिकन्यूज

काठमाडौं, असार २० । सरकारले मंगलबार थप ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बचत फिर्ता गर्न नसकेका स्ट्याण्र्डड, प्यासिफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुबेर, चार्टर्ड र भोगास बचत तथा ऋणका साथै स्याण्र्डड मल्टिप्रपोज को अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालयले समस्याग्रस्त घोषणा भएका संस्थाहरुको पैसा फिर्ताका लागि समस्याग्रस्त सहकारी संस्थाको सम्पति व्यवस्थापन समितिमा पठाएको छ । मन्त्रालयले यस अघि नै पूर्व न्यायशिध गौरीबहादुर कार्कीको संयोजकत्वमा समित गठन गरिसकेको छ ।

समितिले समस्याग्रस्त घोषणा भएको ओरेन्टल सहकारीका पीडितबाट उजुरी लिनुका साथै सहकारीको कार्यकारी अध्यक्ष रहेका सुधीर बस्नेतसहित संस्थाका स१चालक, कर्मचारी उनिहरुको आफन्तसँग छलफल गरी सम्पती समेत खोजविन गरिरहेको छ । कारोबार दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया