गुराँस लाइफ इन्स्योरेन्सद्वारा वृद्धवृद्धाहरूलाई सामूहिक भोजन


आर्थिकन्यूज

काठमाडौं, असार १९ । गुराँस लाइफ इन्स्योरेन्सले वार्षिकोत्सवका अवसरमा वृद्धवृद्धाहरूलाई सामूहिक भोजनको आयोजना गरेको छ ।

“गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी” भन्ने नाराका साथ सञ्चालित गुराँस लाइफ इन्स्योरेन्सले पशुपतिमा रहेका वृद्धवृद्धाहरूसँग वार्षिकोत्सव मनाएको हो ।

कम्पनी ११ वर्षमा प्रवेश गरेको अवसरमा वर्षैभरि प्रत्येक महिनाको १७ गते संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने योजना अनुरूप समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिमा सामूहिक भोजन गराएको हो ।

सो अवसरमा वृद्धाश्रममा रहेका १ सय ७० जना वृद्धवृद्धालाई सामूहिक भोजन गराएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया