१३ हजार करोड घोटला काण्डमा मुछिएका मोदी १९२ देशमा गए पक्राउ पर्ने


आर्थिकन्यूज

एजेन्सी, असार १८ । पन्जाव नेशनल बैंकको घोटला काण्डका मुख्य आरोपी निरब मोदीलाई पक्राउ गर्न भारत सरकारले इन्टरपोलमा सूचना जारी गरेको छ ।

भारत सरकारले इन्टरपोललाई सिफारीस गरेपछि इन्टरपोलले मोदीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको हो । रेडकर्नर नोटिस जारि गरिसकेपछि मोदी १९२ देशका विमानस्थलमा देखा पर्न साथ पक्राउ गर्न सक्नेछन् ।

इन्टरपोलमा आवद्ध रहेका १९२ देशका विमानस्थलमा मोदी देखिएमा पक्राउ गर्न सहज भएको छ । निरब मोदीका साथसाथै उनका भाइ निशाल र सुभाषका विरुद्धमा पनि रेडकर्नर नोटिस जारी गरिएको छ ।

निरब मोदीलाई पन्जाब नेशनल बैंकको १३००० करोड रुपैयाँ घोटला गरेको आरोप लागेको छ । भारत सरकारले बैंकको ऋण नतिरी विदेशमा लुकेर बस्ने व्यापारीका सम्पत्ति जफत गर्ने नयाँ कानुन समेत बनाएर लागू गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया