वित्तीय क्षेत्रका लगानीकर्ताले कति गुमाए, यस्तो छ तथ्यांक


आर्थिकन्यूज

काठमाडौं, असार १८ । पछिल्लो समयमा कुनै दिनलाई अपवादमा छोड्ने हो भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) निरन्तर ओरालो लाग्दै गएको छ । ६ सयभन्दा बढी अंकले नेप्सेमा गिरावट आइसकेको छ । नेप्से वैशाखदेखि गत बिहीबारसम्ममा ६ दशमलव ३७ प्रतिशतले घटेर परिसूचक १ हजार १ सय ९८ दशमलव ५४ को बिन्दूमा झरेको थियो ।

यस साताको पहिलो दिन आइतबार १४.०१ अंकले घटेर १ हजार १ सय ८४ दशमलव ५३ अंकलेको बिन्दूमा झरेको छ । यस आधारमा कम्पनीहरूको गिरावटको तथ्यांक फरक पर्न सक्छ । तर, गत साताको अन्तिम कारोबारलाई आधार बनाएर विश्लेषण गर्दा वैशाखको पहिलो दिन नेप्से परिसूचक १ हजार २ सय ८० दशमलव १५ को बिन्दूमा रहेको हुँदा त्यसपछिको अवधिमा शेयर बजारका लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ गुमाएका छन् ।

यस अवधिमा बैंकिङ समूह १० दशमलव १६ प्रतिशतले घटेर १ हजार १६ दशमलव ७४ को बिन्दूमा, विकास बैंक समूह ६ प्रतिशतले घटेर १ हजार ४ सय ३ दशमलव ८५ को बिन्दूमा, माइक्रोफाइनान्स समूह ६ दशमलव शून्य २ प्रतिशतले घटेर १ हजार ५ सय ७९ दशमलव ३२ को बिन्दूमा पुगेको छ ।

त्यस्तै फाइनान्स समूह ४ दशमलव ९७ प्रतिशतले घटेर ६ सय १३ दशमलव ९५ को बिन्दूमा, होटल समूह ३ दशमलव ८४ प्रतिशतले घटेर १ हजार ८ सय १० को बिन्दूमा, बीमा समूह ३ दशमलव ५९ प्रतिशतले घटेर ६ हजार २० दशमलव ५८ को बिन्दुमा र जलविद्युत् समूह २ दशमलव शून्य ७ प्रतिशतले घटेर १ हजार ४ सय ७२ दशमलव २७ को बिन्दूमा पुगेको छ ।

वाणिज्य बैंक समूह


साढे २ महिनाको अवधिमा वाणिज्य बैंक समूहमा सय रुपैयाँभन्दा बढी गुमाउने एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेका छन् । जसको १ सय ३३ रुपैयाँ र १ सय १४ रुपैयाँले शेयर मूल्य गुमाएका छन् । वर्षको शुरूदेखि गुमाउनेको सूचीमा २५ वटा बैंक रहेका छन् । बाँकी २ वटा कम्पनीमा लक्ष्मी बैंंकको शेयर मूल्य १० रुपैयाँ बढेको छ भने मेगा बैं नेपालकको धेरै समयपछि कारोबार शुरु भएको हो ।

विकास बैंक समूह


यस अवधिमा २६ वटा विकास बैंकमध्ये कामना विकास बैंक र साइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर मूल्य बढेको छ भने अन्य सबै विकास बैंकको मूल्य घटेका छन् ।

बीमा समूह


बीमा समुहमा १ सय रुपैयाँभन्दा बढीले शेयर मूल्य गुमाउनेमा ५ वटा कम्पनीहरु रहेको छन् । जसमध्ये सूर्या लाइफ इन्स्यारेन्सको शेयर २१० रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको १९२ रुपैयाँ, प्रभु इन्स्यारेन्सको १६५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १५९ रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सको १ सय रुपैयाँले शेयर मूल्यमा गिरावट आएको छ । यस साढे २ महिनामा बीमा समूहमा ६ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

माइक्रो फाइनान्स समूह


वैशाख महिनादेखि हालसम्ममा ३६ वटा माइक्रोफाइनान्समा १४ वटा कम्पनीहरुको शेयर मूल्य घटेको छ भने बाँकी २२ वटा कम्पनीको शेयर मूल्य भने बढेका छन् । साढे २ महिनाको अवधिमा १ सय रुपैयाँभन्दा माथि बढी मूल्यमा गिरावट आउने ३ वटा कम्पनी रहेका छन् । तीमध्ये मिर्मिरे माइक्रोफाइनान्सको शेयर मूल्यमा १०३४ रुपैयाँको, आरएसडीसी लघुवित्तको २०३ रुपैयाँ र मिथिला लघुवित्तको ११८ रुपैयाँले गिरावट आएको छ ।

फाइनान्स समूह


१५ वटा फाइनान्स कम्पनीहरुमा १३ वटा कम्पनीहरुको शेयर मूल्य घटेका छन् भने बाँकी २ वटा कम्पनीहरु हाथवे फाइनान्स र मल्ट्रीप्रपोज कम्पनीको शेयर मूल्य बढेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया