नेपालमा इन्टरनेट प्रयोगकर्ता ३ लाखबाट एकैपटक २० लाख, कसरी बढ्यो ह्वात्तै १७ लाख ?


आर्थिकन्यूज

काठमाडौं, असार १८ । नेपालमा इन्टरनेट प्रयोकर्ताको संख्या एकैपटक ३ लाखबाट २० लाख पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गर्ने विभिन्न सेवाप्रदायकको मासिक जानकारी दिने तथ्यांक (एमआईएस) रिपोर्टमा गत चैतसम्ममा नेपालमा इन्टरनेट प्रोयोकर्ताको संख्या जम्मा ३ लाख ५३ हजार २१२ मात्रै रहेको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक (आईएसपीएस)को सेवा लिने ग्राहकको संख्या असारमा आउँदा एकैपटक २० लाख ८० हजार ४२७ पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य रूपमा बढेकै छ । यो तथ्यांक प्राधिकरणले निकालेको सेवा प्रदायकबाटै लिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार एउटा घरमा सेवा कुनै एक इन्टरनेट प्रदायकको सेवा छ भने त्यो उसको एउटै ग्राहक हो ।

इन्टरनेट सेवा प्रदायकले दिएको अहिलेसम्मको विवरण ग्राहक संख्याका आधारमा तयार पारिएको थियो । अब प्राधिकरणले सो ग्राहकलाई प्रयोगकर्ताको संख्याका आधारमा गणना गरेर तथ्यांक निकाल्न थालेकोले प्रयोगकर्ता बढेको देखिएको पनि प्रवक्ता अर्यालले बताए । यो तथ्यांक नै वास्तविक रहेको उनले बताए ।

प्राधिकरणका अनुसार यस अघि एउटा घरको एउटा ग्राहक मात्रै आधार मानिने थियो भने अब एउटा घरमा औषतमा ४.८ जना प्रयोगकर्ताको हिसावले यस्तो तथ्यांक सार्वजनिक हुँदा इन्टरनेट प्रयोगकर्ता एकैपटक १७ लाख थपिन पुगेका हुन् ।
हाल नेपालमा विभिन्न इन्टरनेट प्रयोकर्ताले सेवा दिइरहेका छन् ।

एउटा इन्टरनेको ग्राहक हुँदा त्यसको प्रयोग एउटा कार्यालयमा ५० औं जनाले प्रयोग गरेका हुन्छ भने एउटै घरका परिवारले पनि एक मात्रै ग्राहक लाइन प्रयोग गर्ने गरेका छन् । जसका कारण प्रयोगकर्ता धेरै र ग्राहक संख्या भने कम देखिएको हो ।

केवल इन्टरनेटको प्रयोग गर्नेको संख्या १८ लाख ५७ हजार ९३८ पुगेका छन् भने ताररहति सेवा लिने प्रयोगकर्ताका संख्या २ लाख २२ हजार ४८९ रहेको पनि प्राधिकरणकै यही असारमा सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा मोवाइल इन्टरनेट प्रयोगकर्ताको संख्या भने एक करोड नाघिसकेका छन् । मोवाइलबाट थ्रीजी प्रयोग गरेर इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ता ९३ लाख २६ हजार छन भने फोरजी प्रयोग गर्नेको संख्या १६ लाख ४५ हजार पुगेको छ ।

मोवाइल इन्टरनेटमा नेपाल टेलिकम र एनसेलबीचमै प्रतिस्पर्धा छ । हाल एनसेलबाट इन्टरनेट प्रयोग गर्ने ६१ लाख छन भने टेलिकमबाट मोवाइल इन्टरनेट प्रयोग गर्ने ४८ लाख रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता मात्रै रहेका छन् । यसको प्रयोगकर्ता जम्मा ३३ हजार रहेको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया