यस वर्ष २६ वटा बैंकका लगानीकर्ताले गुमाए, कस्को शेयर मूल्यमा कति गिरावट (लौ हेर्नुहोस्)


आर्थिकन्यूज

काठमाडौं, असार १४ । नयाँ वर्ष लागेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये एउटा बाहेक अन्य सबै कम्पनीको बजार मूल्यमा गिरावट आएको छ ।

नेप्से वैशाखदेखि मंगलबारसम्ममा ६ दशमलव ६६ प्रतिशतले घटेर परिसूचक १ हजार १ सय ९४ दशमलव ८० को बिन्दूमा झरेको छ । वैशाख महिनाको पहिलो दिन नेप्से परिसूचक १ हजार २ सय ८० दशमलव १५ को बिन्दूमा रहेको थियो । यस अवधिमा शेयर बजारका लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ गुमाएका छन् । यस अवधिमा बैंकिङ समूह १० दशमलव ७३ प्रतिशतले घटेको छ । वैशाख पहिलो दिन १ हजार १ सय ३१ दशमलव ७९ को बिन्दुमा रहेको यो समूह मंगलबार १ हजार १० दशमलव २८ अंकमा झरेको थियो ।

यस साढे २ महिनाको अवधिमा २० प्रतिशतभन्दा बढीले घट्ने शेयर मूल्य घट्ने ३ वटा बैंक रहेका छन् । जसमा एनएमबि बैंक, बैंक अफ काठमाडौं र मेगा बैंक नेपाल रहेका छन् । एनएमबि बैंकले हालै मात्र एफपीओ निष्काशन गरेको छ । त्यस्तै मेगा बैंकको कारोबार लामो समय बन्द भएर हालै मात्रै कारोबार शुरु गरेको हो ।

यस अवधिमा शेयर मूल्य वृद्धि गर्ने बैंकमा लक्ष्मी बैैंंकमात्रै रहेको छ । सो बैंकको शेयर मूल्य ४ दशमलव १३ अंकले बढेको छ भने बाँकी २६ वटा कम्पनीहरुको शेयर मूल्य घटेका छन् । हाल सम्मको सबैभन्दा सस्तो कम्पनी अर्थात २ सय रुपैयाँ भन्दा तल आएको कम्पनी सिभिल बैंक, जनता बैंक, सेञ्चुरी बैंक, मेगा बैंक नेपाल र प्रभु बैंक रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया