रबि लामिछानेको समर्थक हुँ भन्दै फेसवुकमा जथाभावी लेख्ने पक्राउ


आर्थिकन्यूज
प्रतिनिधिमुलक तस्विर

काठमाडौं, असार १३ । रबि लामिछानेको ठूलो फ्यान भएको भन्दै सामाजिक सञ्जाल फेसवुकमा जथाभावी लेख्ने दुई जना पक्राउ परेका छन् ।

फेसवुकमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिए पछि महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुई जनाले रबि लामिछानेको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्या्दित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम काराबाही हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया