भारतमा भन्दा नेपालमा पेट्रोल ११ रुपैयाँले सस्तो, सबैभन्दा कम भेनेजुएला र बढी हङकङमा


आर्थिकन्यूज

काठमाडौं, असार १३ । भारतको तुलनामा नेपालमा पेट्रोल करीब ११ रुपैयाँ सस्तो छ । नेपालीले एक लिटर पेट्रोलका लागि ११० रुपैयाँ तिरिरहको छन् । भारतमा भने यो दर १२१ रुपैयाँ रहेको छ ।

पेट्रोलको खुद्रा मूल्यका आधारमा भने नेपाल दक्षिण एशियामा नेपाल पाँचौं स्थानमा छ । विश्वमा सबैभन्दा सस्तो पेट्रोल भेनेजुएलामा पाइन्छ । त्यहाँ आम जनताले प्रतिलिटर पेट्रोलका लागि १ रुपैयाँ मात्रै तिर्छन् ।

पेट्रोल सबैभन्दा महंगो भएको देश हो हङकङ १ लिटर पेट्रोलका लागि २३२ रुपैयाँ तिर्नुपर्छ । अभियान दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया