शेयर बजार निरन्तर ओरालो सोमबार ९. ७२ अंकले घट्यो


आर्थिकन्यूज

काठमाडौं, असार ११ । साताको पहिलो दिन १.३५ अंकले बढेको बजार दोस्रो दिन भने उच्च अंकको गिरावट आएकको छ । सोमबार नेप्से सुचक ९.७२ अंकले गिरावट आएर १ हजार २ सय १० दशमलव ०९ विन्दुमा आएर बन्द भएको छ । क बर्गका कम्पनी हरुको मापन गर्ने सेन्सेटीभ सुचक पनि २ दशमलव ०७ अंकले गिरावट आएको छ ।

अघील्लो कारोवारको तुलनामा कारोवार रकममा पनि गिरावट आएको छ । आईतवारको कारोवारमा २० करोड माथीको कारोवार भएको बजारमा सोमवार भने १८ करोड ५१ लाख भन्दा माथीको मात्र करोवार भएको थियो ।

त्यस्तै उपसुचक हरुमा उत्पादन तथा प्रशोधन समुह मात्र बढेको थियो भने होटल समुह स्थीर रहेको बजारमा कारोवार भएका अन्य सबै समुहमा गिरावट आएको थियो ।

बैंक ७.७, विकास बैंक १०.८९, जलविद्युत १७.४३, वित्त १.१३, विमा ८५.१६, लघुवित्त १३.२३ र अन्य समुह ३.१ अंक ले गिरावट आएका छन ।

कारोवार रकमका आधारमा समता माइक्रोफाइनान्स पहिलो नं. रहेको छ भने नेपाल एसबिआई बैंक दोस्रो स्थानमा रहेको छ भने सेयर संख्याका आधारमा सेन्चुरी बैंक अगाडि छ भने दोस्रो स्थानमा सिभिल बैंक रहेको छ । त्यस्तै कमाउने सुचिमा पहिलो नं. मा खानिखोला हाइड्रोका लगानिकर्ता परेका छन भने सवै भन्दा बढी जेविल्स फाइनान्सका लगानिकर्ताले गुमाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया