लौ हेनुहोस् ! रक्सी, सूर्ती बनाउने र बेच्नेको लाइसेन्स कर कति लाग्छ ?


आर्थिकन्यूज

काठमाडौं, असार ४ । अब मदिरा तथा इथानोल उत्पादकले नयाँ इजाजत पत्र लिन तथा नवीकरण गर्न एक लाख ९५ हजार दस्तुर लाग्ने भएको छ । सरकारले स्प्रिट, वियर, इथानोल उत्पादन गर्ने प्रतिष्ठानको लागि सो शुल्क निर्धारण गरेको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले जारी गरेको अन्तःशुल्क नियमावलीको आठौं संशोधनले फलफूलबाट उत्पादन वाइन, ब्रान्डी उत्पादन गर्ने उद्योगका लागि ९६ हजार वार्षिक नवीकरण तथा इजाजत शुल्क तोकेको छ । तर, दुर्गम क्षेत्रमा फलफूलमा आधारित वाइन तथा मदिरा उत्पादन गर्ने उद्योगको भने सो शुल्कमा ७५ प्रतिशत कम लाग्नेछ ।

अन्य मदिरा उत्पादकको लागि भने माथि उल्लेख भए बमोजिम १ लाख ९५ हजार रुपैयाँ नै शुल्क लाग्ने व्यवस्था गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए । यद्यपी चुरोट उत्पादन गर्ने उदोग प्रतिष्ठानले भने इजाजत लिँदा तथा नवीकरण गर्दा वार्षिक दुई लाख ४० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

त्यसरी नै सरकारले मदिरा बिक्री वितरण गर्ने होटल, रेष्टुरेन्टको लागि स्तर अनुसारको शुल्क लाग्ने व्यवस्था गरेको छ । पाँचतारे होटलले ६० हजार, चारतारेले ४८ हजार, तीन तारेले ३६ हजार, दुईतारेले २४ हजार र एक तारे होटलले १२ हजार रुपैयाँ नवीकरण तथा इजाजतपत्रका लागि दस्तुर तिर्नुपर्ने छ । साथै स्वदेशी तथा विदेशी मदिरा बिक्री वितरण गर्ने साधारण होटल तथा रेष्टुरेन्ट, बार तथा लजका लागि चार हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

मदिरा वितरकको लागि ३६ हजार रुपैयाँ र थोक बिक्रेताको लागि २४ हजार शुल्क लाग्ने तय अर्थ मन्त्रालयले गरेको छ । स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको लागि एक तारे होटल बराबरको शुल्क तोकिएको छ ।

महानगरपालिका , उपमहानगरपालिका र नगरपालिकामा स्वदेशी मदिरामात्र बिक्री गर्ने खुद्रा बिक्रेताको लागि चार हजार पाँच सय रुपैयाँ नवीकरण तथा इजाजत शुल्क तिर्नुपर्ने छ । डिपार्टमेन्ट स्टोर नवीकरण गर्न तथा नयाँ इजाजत पत्र लिन वार्षिक २४ हजार दस्तुर तिर्नुपर्ने छ ।

त्यसैगरी नै मदिरा तथा स्प्रिट पैठारीकर्ताको लागि ४८ हजार र मदिरा निकासीकर्ताको लागि ६ हजार दस्तुर तोकेको छ । विदेशी चुरोट र सिगार तथा सुर्ती तथा सुर्तीजन्य वस्तु विदेशी खैनी, जर्दा, नश तथा पानमसलालगायतका वस्तु उत्पादन, पैठारी तथा अन्य वस्तु खरिद बिक्रीका लागि ४८ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ ।

चुरोट बाहेक पान मसला, खैनी, जर्दा, नस, सूर्ती तथा सूर्तीजन्य वस्तु उत्पादन गर्नेका लागि १ लाख २० हजार रुपैयाँ शुल्क निर्धार