प्रधानमन्त्रीको चीन भ्रमण, दर्जन सहमति र सम्झौता हुने (कार्यसूचीसहित)


आर्थिकन्यूज

काठमाडौं, असार १ । प्रधानमन्त्री केपाी शर्मा ओलीको चीन भ्रमणमा करिब एक दर्जन सहमति र सम्झौता हुने भएको छ । यो सम्झौताको प्राथमिकतामा परेकै पारवहन प्रोटोकलले भने अन्तिम रुप नपाउने भएको छ ।

Eco Roofing

विहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्टमन्त्री प्रदिप ज्ञवालीले प्रमको भ्रमणमा रसुवागढी केरुङ र तातोपानी खासा नाकामा पुल निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा ऊर्जा सहायता तथा सिमापार प्रसारण लाइन निर्माण, नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य कृषिमा निजी तथा सरकारी साझेदारी सातै प्रदेशमा विपत व्यवस्थापन तथा उद्धार केन्द्रसहितको सहमति र सम्झौता हुने उल्लेख छ ।

यस्तो छ प्रधानमन्त्री भ्रणको कार्यतालिका
असार ५– बेइजिङ पुग्ने, नेपाली दूतावासको स्वागत समारोहमा सरिक
असार ६– चिनियाँ व्इवसायीसँग अन्तरक्रिया, नेपाली व्इवसायी र चीनको सीसीपीआईटीबीच छलफल, ऊर्जा                       र कृषिसम्बन्धी निजी क्षेत्रका परियोजनामा हस्ताक्षर
असार ७– नेपाल चीन मैत्री दौड
प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौतापछि पत्रकार सम्मेलन, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता
असार ८– बेइजिङबाट तिब्बत प्रस्थान
असार ९– ल्हासामा भेटघाट र अवलोकन
असार १०– स्वदेश फिर्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया