४० जना भाग्यशाली नेपाली जसले अर्जेन्टिना र आइसल्याण्डबीचको खेल हेर्न पाउने भए


आर्थिकन्यूज

काठमाडौँ , जेष्ठ ३१ । ‘कोक खाम् रसिया जाम्’ अभियानका भाग्यशाली विजेताहरु विहिबार रसिया उड्ने भएका छन् । कोकाकोलाले आम ४० नेपाली उपोभोक्ताको सपनालाई साकार पारि दिएको छ । बालाजुस्थित बोटलर्स नेपाल लिमिटेडमा विजेताहरुको विदाई समारोह आयोजना गरिएको थियोे ।

उक्त अभियान अन्तर्गत ४० भाग्यशाली बिजेताहरुलाई रसिया गई फिफा विश्व कप हेर्ने ऐतिहासिक अवसर प्रदान गरिएको थियो । ४० बिजेताहरुलाई २ टोलिमा विभाजन गरिएको छ र जसमध्ये २० जनाको टोलि आज उड्ने भएको छ ।

बिजेताहरुले १६ जुन अर्थात आषाढ २ गते हुने अर्जेन्टिना र आइसल्याण्ड बीचको म्याच हेर्न पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया