आइएमई इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रा.लि. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजिभ चौधरीले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सिमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्ने सम्झौतामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया