राष्ट्रिय वाणिज्य बैंक लि.को १२ औं साधारणसभा सम्पन्न


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ ।

साधारणसभाले आ.व. २०७३/०७४ को वार्षिक प्रतिवेदन पारित गरेको बैंकले जनाएको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा बैंकका शेयरधनीहरु नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाइ मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरि ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

सो साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु निर्मलहरी अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधी सिग्देल, अर्जुनबहादुर अधिकारी, डा.माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे, कबिराज अधिकारी, महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केसबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया