वर्षायाममा बाटो भत्काउनेलाई सार्बजनिक मुद्धा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । अबदेखी वर्षायाममा सडक खन्ने स्वीकृती नदिइने भएको छ । सडक विभागद्धारा एक सूचना प्रेसित गरि २०७५ साल अषाढ १ गते देखि २०७५ साल भाद्र मसान्तसम्म कुनै पनि सडक खन्न स्वीकृति नदिइने भएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि बहाना बनाएर सडक खन्दा तत्कालै मर्मत गर्न नसकिने हुँदा बाटो घाटो बिग्रे पश्चात् सर्बसाधारणलाई हिडडुल गर्न सास्ती भइरहेको र यसै कारण दुर्घटना पनि बढेको हुदा यस्तो निर्णय लिईएको हो ।

कसैले जवर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक ऐन २०३१ अनुसार कडा कारवाहीसमेत गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया