२० फाइनान्स कम्पनीमध्ये कुनको अवस्था कस्तो ?


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । फाइनान्स कम्पनीद्वारा ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुुपर्ने नेपाल राष्ट्र बैंकको नियमअनुसार अहिलेसम्म जम्मा ५ वटा कम्पनीले मात्रै चुक्ता पँजी पुर्याएका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २० वटा फाइनान्स कम्पनीले तेस्रो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका छन् । त्यस आधारमा फाइनान्स कम्पनीहरूको अवस्था यस्तो छ ।

चुक्ता पुँजी, जगेडाकोष

८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने फाइनान्स कम्पनीमा आइसीएफसी फाइनान्स, गोर्खाज् फाइनान्स, युनाइटेड फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन् । तीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी आइसीएफसी फाइनान्सको रहेको छ । जसको ८८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी पुगेको छ । चालू आवको तेस्रो त्रैमाससम्म सबैभन्दा कम मल्टीपर्पोज फाइनान्स कम्पनीको ४ करोड १४ लाख रुपैयाँमात्रै चुक्ता पुँजी रहेको छ ।

त्यस्तै जेबिन्स फाइनान्स, श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, पोखरा फाइनानन्स र सिनर्जी फाइनान्सको पुँजी वृद्धि योजना रहेका छन् । बाँकी १७ कम्पनीको अहिलेसम्म कसरी पुँजी वृद्धि गर्दै छन् भन्ने योजना देखिएको छैन ।

जगेडाकोषमा सबैभन्दा बढी पोखरा फाइनान्सको ३९ करोड २२ लाख रुपैयाँ छुटाएको छ भने ललितपुर फाइनान्स, वेष्ट फाइनान्स, हाथवे फाइनान्स, सिनर्जी फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सको जगेडाकोष नेगेटिभमा रहेको छ ।

निक्षेप, कर्जाप्रवाह र सम्पत्ति

तेस्रो त्रैमासमा निक्षेप, कर्जाप्रवाह र सम्पत्तिमा सबैभन्दा अगाडि आइसीएफसी फाइनान्स नै अगाडि रहेको छ । जसले निक्षेपमा ८ अर्ब ७ करोड २२ लाख रुपैयाँ संकलन गरी कर्जामा ६ अर्ब ५१ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ । जसको सम्पत्ति १० अर्ब २२ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

निक्षेपमा सबैभन्दा कम सिटी एक्सप्रेस फाइनान्सले ३ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा लगानी गरेको छैन । यस कम्पनी सम्पत्ति सबैभन्दा थोरै १२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा र खुद मुनाफा

तेस्रो त्रैमासमा खुद ब्याज आम्दानीमा सबैभन्दा अगाडि गुडविल फाइनान्सको रहेको छ । जसले खुद ब्याज आम्दानी ३४ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । सञ्चालन मुनाफामा भने पोखरा फाइनान्स अगाडि रहेको छ । जसको १० करोड १० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

चालू आवको तेस्रो त्रैमासमा खुद मुनाफा कमाउनेमा ललितपुर फाइनान्स अगाडि रहेको छ । जसले ८ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै प्रोग्रेसिभ फाइनान्सको ९७ लाख रुपैयाँ नोक्सानमा रहेको छ ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा सबैभन्दा कम आर्जन सिटी एक्सप्रेस फाइनान्स र सिनर्जी फाइनान्सको रहेको छ । खुद ब्याज आम्दानीमा सिटी एक्सप्रेस फाइनान्सको ४५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ भने सञ्चालन मुनाफामा ९ वटा कम्पनी नेगेटिभमा रहेको छ ।

प्रतिशेयर आम्दानी, मुल्य आम्दानी र बजार मुल्य

तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानीमा सबैभन्दा धेरै ललितपुर फाइनान्सको ३४ दशमलव ४९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम प्रतिशेयर आम्दानी प्रोगेसिभ फाइनान्सको शून्य दशमलव ७८ रुपैयाँ रहेको छ ।

मुल्य आम्दानीमा सबैभन्दा बढी पोखरा फाइनान्सको ७६९ दशमलव २४ गुणा रहेको छ भने सबैभन्दा कम ललितपुर फाइनान्सको ४ दशमलव ९८ गुणा रहेको छ ।

बिहिबारको दिनमा फाइनान्स कम्पनीमध्ये बजार मुल्य सबैभन्दा बढी मल्टीपर्पस फिनान्सको ३ सय १ रुपैयाँ रहेको छ भने सबैभन्दा कम गोर्खाज फाइनान्सको ८४ रुपैयाँ बजार मुल्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया