ज्योति र लुम्बिनी विकास बैंकबीच रेमिट्यान्स सम्झौता


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ज्योतिका तर्पmबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृते उमेश रेग्मीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँकको रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप ५ शाखा संचालनको तयारीमा रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया