तातोपानी नाका खुल्ने


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । नेपाल र चीनबीचको तातोपानी नाका अर्को वर्ष खुल्ने भएको छ ।

परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताएका हुन् ।

नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने भएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले चीनका अधिकारीहरुसँग पटक–पटक पहल गरिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया