नेप्सेमा अन्नतः ५ अंकको वृद्धि


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । जेठ महिनाको अन्तिम कारोबार शेयर बजारमा ५ दशमलव २३ अंकले वृद्धि भएको छ । साताको समेत अन्तिम कारोबार आज तीब्र उतारचढावकाबीच शेयर बजारमा ५ दशमलव २३ अंकले वृद्धि भएको हो ।

१२४२ दशजलव ०६ अंकबाट शुरु भएको कारोबार ५ दशमलव २३ अंकले बढेर १२४७ दशमलव ३० अंकमा पुगेर कारोबार बन्द भएको छ । बिहीबार कारोबार रकम भने ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया