बाजेको सेकुवामा सुन तस्करको लगानी, उपत्यकाको ६ वटै सेकुवाघर सिलबन्दीमा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । संगठित सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धान गरिरहेको उच्चस्तरीय विशेष समितिले उपत्यकामा सञ्चालित बाजेको सेकुवाका ६ आउटलेट सिलबन्दी गरेको छ ।

समितिका अनुसार बाजेको सेकुवामा चेतन भनिने चेतनाथ भण्डारीको लगानी रहेको र उनी संगठित सुन तस्करी मुद्धाका फरार प्रतिवादी रहेकाले पसल सिल गरिएको हो ।

मोरङ जिल्ला अदालतमा चलिरहेको उक्त मुद्धामा पेस गरिएको अनुसन्धान प्रतिवेदनमा भण्डारीको नाम सुन तस्करीका लगानीकर्ता र फरार प्रतिवादीका रूपमा उल्लेख छ ।

संगठित सुन तस्करीका मूख्य व्यवस्थापक गोरे भनिने चुडामणि उप्रेतिसँग मिलेर तस्करीका सुनमा भण्डारीले समेत लगानीगरेको दाबी समितिको छ । स्रोतः कान्तिपुर दैनिकबाट ।

फेसबुकबाट तपाईको प्रतिक्रिया