‘७७ वटै जिल्लाबाट शेयर भर्न सकिन्छ’, मनाङमा ब्रोकर खोल्न स्थानीयबासीको माग


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । नेपालका ७७ वटै जिल्लाबाट सार्वजनिक निष्कासनमा आवेदन दिन सक्ने व्यवस्था गरिसकेको धितो पत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताएका छन् ।

Eco Roofing

उनले देश संघीय संरचना गएको र स्थानीय रुपमा विकासका लागि आवश्यक रकम पनि यस बजारबाट स्थानिय ऋणपत्र मार्फत जुटाउन सकिने भएकोले सो तर्फ पनि सम्बन्धित पक्षहरुको ध्यान जान जरुरी रहेको बताए ।

मंगलबार मनाङको चामेमा आयोजिक पुँजीबजार जनचेतना कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. कार्कीले पँुजीवजार जनचेतना फैलाउने क्रममा प्रदेश नं ४ को दुर्गम जिल्लालाई समेत विषेश महत्व दिई कार्यक्रम गरिएको बताए ।

नेपाल धितोपत्र बोर्ड र मनाङ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार मनाङको चामेमा पूँजीबजार सम्बन्धमा जनचेतना अभिवृद्धि तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघका पदाधिकारी, सरकारी निकायका पदाधिकारी, विभिन्न व्यवसायी, लगानीकर्ता, पत्रकार तथा सर्वसाधारणहरु समेतको गरी उल्लेख्य जनसहभागितामा सम्पन्न भएको छ ।

मनाङ उद्योग वाणिज्य संघका अध्यक्ष छिरीङ धोज्रे लामाको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मनाङ जिल्ला समन्वय समितिका सभापति यज्ञप्रसाद घलेले बोर्डले गरेको यस्तो सचेतना कार्यक्रमले हिमाल पारीको दुर्गम जिल्ला मनाङबासी सारै खुसी भएको र यसले सहभागीहरुलाई राम्रो शिक्षा दिएको र यस्तो खालको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष लामाले आफुलाई पूँजीबजारको नयाँ विषय भएको बताएका थिए । उनले पुँजी बजारको बारेमा बोर्डसँगको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम गर्न पाउँदा मनाङबासी धेरै खुसी भएको बताए ।

उक्त कार्यक्रममा सहभागीहरुले मनाङमा धितोपत्र दलाल व्यवसायी रहने व्यवस्था हुनुपर्ने माग गरेका थिए । साथै अनलाईन व्यवस्था, करको दर, आस्वा प्रणाली, एफपियो, डिम्याट, डिपीको बारेमा चासो राख्दै, लाभाष समयमा सोही जिल्लाबाट पाउने व्यवस्था मिलाउन समेत मनाङ बासीले माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया