विश्वकप कुन-कुन नेपाली टिभी च्यानलमा आउँछ ?


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । मिडिया हबको साझेदारीमा चार ओटा नेपाली च्यानलमा फिफा विश्व कप म्याच प्रत्यक्ष प्रसारण हुने भएको छ । मिडिया हबले यो सुबिधा “राम्रो नै हेरौ, हाम्रो मै हेरौ” भन्ने नाराको साथ प्रदान गरेको जनाएको हो ।

Eco Roofing

मिडिया हबका अनुसार नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन स्पोर्टस् र एनटीभी प्लसमा विश्वकपका खेल प्रत्यक्ष प्रसारण हुनेछन् । नेपालको सबै भन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब फिफा विश्वकप २०१८ को नेपालका लागि एक मात्र आधिकारीक टेलिभिजन प्रशारण साझेदार हो ।

नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले सधैं फिफा विश्वकपलाई नेपाली च्यानलमा ल्याउन योगदान दिँदै आएको छ । यो वर्षको विशेषता भने कान्तिपुर एचडी र डिसहोम एक्सन स्पोर्टस्मा एचडी क्वालिटिको प्रसारण हुने मिडिया हबको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया