माछापुच्छ्रे बैंकको थप ४ नयाँ स्थानबाट बैंकिङ्ग सेवा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । माछापुच्छ्रे  बैंक लिमिटेडले १३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएकोे छ । बैंकले एकै साथ थप ४ शाखाकार्यालयको शुरुवात गरेको बैंकले जनाएको छ ।

Eco Roofing

बैंकले विहिबार गतेसप्तरीको कृष्णसावरन गाउँपालिका, भोजपुुरको ट्याम्के मैयुुंम गाउँपालिका, दार्चुुलाको मालिकाअर्जुुन गाउँपालिका र धनुुषाको नगराइन नगरपालिकामा शाखाको स्थापना गरेको छ ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका ४ गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको मसान्तसम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैया कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकले जनाएको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८१ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०४ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया