महिनामा अर्बौको विजुली चोरी, सडक र पुलपछि अब जलविद्युत् तथा सिंचाईका ठेकेदार कारवाहीमा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ ।

Eco Roofing

चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।

प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ । यसैबीच, बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको हो ।

यस्तै गृहमन्त्री रामबहादुर थापा वादलले सडक र पुलका ठेकेदार कारवाही अभियान चलाएकामा अब ऊर्जा क्षेत्र अन्तर्गत जलविद्युत्, प्रसारणलाइन तथा सिंचाईका योजना ढिला गर्ने ठेकेदार निसानामा पर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा भएको दुई मन्त्रीसहितका छलफलपछि यस्तो निर्णय भएको उल्लेख छ । समयमानै आयोजना नसक्ने, ढिलासुस्ती गर्ने र अनियमि रुपले काम गर्ने ठेकेदारलाई कारवाही गर्ने रणनीति बनाएर गृह मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया