कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । कुमारी बैंकले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले कमलपोखरीस्थित श्री कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।

Eco Roofing

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजीव् गिरिले विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया