अब यस्तो पनि कानुनमा नै व्यबस्था, विवाह नगरि बच्चा जन्माउन पाउने !


आर्थिकन्यूज

काठमाडौं, जेठ ३१ । गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हक अन्तरगत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ ।

Eco Roofing

कुनै पनि महिलाले आफ्नो ईच्छाबमोजिम विवाह नगरी सन्तान जन्माउन सक्ने अधिकार कानुनले सुरक्षित गर्न लागेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमा यो अधिकार सुरक्षित गरिएको हो ।

संविधानको मर्मअनुसार प्रजनन अधिकारलाई कानुनमा सुरक्षित गरिएको मन्त्रालयकमा प्रवक्ता ढकालले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

संविधानले नै विवाह नगरी महिलालाई सन्तान जन्माउन सक्ने हकको व्यवस्था गरिसकेको छ, उनले भने सविधानमा व्यवस्था भएको कुरा कसैले दिईरहनुपर्ने विषय नभएको उनले बताए ।,

फेसबुकबाट तपाईको प्रतिक्रिया