प्रिमियर इन्स्योरेन्सका दुई नयाँ शाखा विस्तार


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । प्रिमियर ईन्स्योरेन्सले बुधबारबाट मोरङ जिल्लाको विराटचोक र धनकुटा बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

विराटचोक शाखाको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक दिपेन्द्र राज गौतम र स्थानिय युवा व्यवसायी तथा समाजसेवी भोलेश्वर दुलालले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी धनकुटा शाखाको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक दिपेन्द्र राज गौतमले गरेका थिए ।

कम्पनीको चुक्ता पुँंजी ५८ करोड ४० लाख रुपैइाँ रहेको छ भने जगेडा तथा कोषमा ७० करोड ४५ लाख रहेको छ ।

आर्थिक वर्ष बैशाखसम्ममा कुल १ अर्व २५ करोड बीमा शूल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ । नयाँ शाखा सहित हाल कम्पनीको ४५ शाखा संचालनमा रहेको छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया