महालक्ष्मी विकास बैंकका दुई नयाँ शाखा सञ्चालनमा


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । महालक्ष्मीबिकास बैंकले बुधबार दार्चुलाको गोकुलेश्वर शाखा र बैतडीको पाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको गोकुलेश्वर शाखाको उद्घाटन शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी र पाटन शाखाको नगरपालिकाका नगर प्रमुख केशबबहादुर चन्दले गरेका थिए ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराजल लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने र बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर दिइने बताए ।

बैंकका ७१ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया