बाजेको सेकुवाका ६ वटा शाखामा सिलबन्दी


आर्थिकन्यूज

काठमाडौं, जेठ ३०। सुन प्रकरणमा मुछिएको बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा शाखामा सिलबन्दी गरिएको छ । छानबिन समितिले अदालतबाट आदेश लिएर चेतनाथ भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवाका ६ वटा शाखामा ताला लगाएको हो ।

काठमाडौँ उपत्यकामा बाजेको सेकुवाका १० वटा शाखा रहेको बताइएको छ । विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिन पुगेको थियो ।

भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभएपनि मुख्य नाइके भनिएका चूडामणि उप्रेती गोरेमार्फत लगानी गरेको बताइँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया