अन्ततः करिब ३ अंकले बढ्यो नेप्से


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । मंगलबार झिनो अंकले घटेको बजार बुधबार नेप्से २ दशमलव ८१ अंकले बढेर १ हजार २ सय ४२ दशमलव ०७ को विन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५२ ले बढेर २ सय ६० दशमलव ९९ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार १ सय ६१ कम्पनीहरुका १५ लाख ३२ हजार २ सय ६३ कित्ताको शेयर खरिदबिक्री हुदै २० करोड ८५ लाख ५४ हजार ४ सय ४६ रुपैयाँ कारोबार भएको छ ।

यस दिन सर्वा्धिक कमाउनेमा राद्यी विद्युत कम्पनीका लगानीकर्ता रहेका छन् यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपमेन्टको ९ दशमलव ५० प्रतिशत र ग्रिन विकास लघुवित्तको ७ दशमलव १२ प्रतिशतले बढेको छ ।

त्यस्तै यस दिन सर्वा्धिक गुमाउनेमा भने कर्णाली डेभलपमेन्ट बैंकको लगानीकर्ता रहेका छन् । जसको कारोबारमा ७ दशमलव २५ प्रतिशत, न्यादी ग्रप पावरको ४ दशमलव ४९ प्रतिशत र महिला सहयात्री माइक्रोफाइनान्सको ३ दशमलव ७५ प्रतिशतले र सृजना फाइनान्सको ३ दशमलव २१ प्रतिशतले घटेको छ ।

१० वटा परिसूचकमध्ये १ वटा समूह बाहेक बाँकी सबै समुहमा हरियाली छाएका छन् ।

आज नेपाल स्टक एक्सचेन्जमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५६ लाख रुपैयाँ आईपिओ शेयर सुचिकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया