कुसुम आमा बन्दै


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । नेपाली चलचित्र जगतमा सुपरहिट फिल्म ‘प्रेमगीत’ को दुई सिरिज निर्माण गरेका निर्माता सन्तोष सेन अहिले आफ्नै छोरा आयूब सेनलाई लिड रोलमा लिँदै फिल्म ‘मेरी मामु’ निर्माण गर्दैछन् ।

६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न तैयार रहेका निर्माता सन्तोष सेनको चौथौ चलचित्र “मेरी मामु”को लागि आमाको भूमिकामा कुसुम गुरुङ चुनिएकी हुन् ।

६ महिना लामो अभिनय कोर्ष पश्चात् निर्माता सेनले छोरालाई फिल्ममा लिएका हुन् । असार ३ गतेबाट फ्लोरमा जान लागेको यो फिल्मलाई याम थापाले निर्देशन गर्दैछन् । बाल मनोविज्ञानमा आधारित फिल्म ‘मेरी मामु’ को कथा निर्देशक थापा आफैंले लेखेका हुन् ।

बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने हुँदा आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रले दर्शकको अपेक्षा कत्तिको पुर्याउन सक्छ । त्यो चलचित्र प्रदर्शन भएपछी थाहा हुनेछ ।

निर्माण कम्पनी आसुसेन फिल्मस् प्रालिले आयूबकी आमाको भूमिकामा कुसुम गुरुङलाई अनुबन्ध गरेको छ । कुसुमले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दै्छिन् ।

आफ्नो सुपुत्र आयुब सेनलाई ठुलो पर्दामा डेब्यु गराउन लागेका निर्माता सेनको यस चलचित्रमा नव नायिका कुसुम गुरुङ्ग, आयुबको आमा भएर प्रस्तुत हुनेछिन् ।

थियटरमा केहि समय देखि अभिनयको तालिम लिईरहेकी कुसुम लण्डनबाट नेपाल चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाउनकै लागि नेपाल फर्किएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया