घटिरहेको शेयर बजारमा मेगा बैंकको बोनस उपहार


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । मेगा बैंक लिमिटेड (Mega Bank Ltd.) ले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० दशमलव ७५ प्रतिशतको बोनस दिने भएको छ ।

मेगा बैंक (MEGA) र टुरिजम बैंक गाभिएर संयुक्त कारोबार भइ जेठ २९ गते बसेको संचालक समितिको बैठकबाट १० दशमलव ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख ९५ हजार १५३ दशमलव १२ रुपैयाँ बोनस शेयर वितरण गर्न बैंकको वार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया