२३ औं फिफा विश्वकप तीन देश मिलेर गर्ने


आर्थिकन्यूज

एजेन्सी, जेठ ३० । २१ औं फिफा विश्वकप रशियामा हुन गइरहेको मुखैमा सन् २०२६ को २३ औं विश्वकप फुटबलको आयोजना भने अमेरिका, मेक्सिको र क्यानडाले संय्क्त रुपमा गर्ने भएका छन् । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजना गर्न जिम्मा दिएको हो ।

Eco Roofing

रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संय’क्त दावेदारीले मोरक्कोको एकल आयोजना गर्ने दाबीलाई पछि पारेको हो . २११ फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागी थिए । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए । मोरक्कोले ६५ मत पाएको छ भने एक मत तटस्थ थियो ।

अहिलेसम्म मेक्सिकोले विश्वकपको आयोजना द’ई पटक गरेको छ . सन् १९७० को विश्वकप फुटबल आयोजना गरेको मेक्सिकोले सन् १९८६ को विश्वकप आयोजना गरेको थियो ।

यता, अमेरिकाले पनि सन् १९९४ को विश्वकप आयोजना गरेको थियो । क्यानडाले भने अहिलेसम्म विश्वकप फुटबलको आयोजना गर्ने अवसर पाएको छैन । उक्त विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ र यसअघि नै फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले २०२६ को विश्वकपमा सहभागि राष्ट्रको संख्या बढाउने बताएका थिए ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्ने भब्य तयारी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया