सिटिजन्स बैंक र मेडिसिटीबीच सम्झौता


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका छन् ।

Eco Roofing

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रडिट कार्डवाहक ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउँनेछन् ।  सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा दिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया