विद्युत् चुहावट रोक्न कठोर बन्दै सरकार, उर्जा र गृहमन्त्रीबीच यस्तो भयो सम्झौता


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । विद्युत् चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने भएको छ । बुधबार गहृमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसहित बसेको बैठकले मुलुकमा भइरहेको विद्युत् चुहावट रोकथाम गर्न कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको हो ।

Eco Roofing

गहृ मन्त्रालयमा बुधबार विद्युत चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन आयोजना लगायतका विषयमा भएको छलफलमा गृह मन्त्री थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुन, गृह सचिव प्रेमकुरमा राई, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।

छलफलले विद्युत् चोरी नियन्त्रणलाई परिमाणमूखी बनाउन जिल्ला प्शासन कार्यालय तथा प्राधिकरण माताहतका कार्यालयले सक्रिय रुपमा का मगर्ने र चोरी भएको पाइए दुबै मन्त्रालयले कानून अनुसार कडा भन्दा कारबाही गर्ने निर्णय भएको छ ।

छलफलमा जलविद्युत्को सुरक्षामा गृहले विशेष ध्यान दिने, सडकमा परेका विद्युत्का पोलहरु कानून अनुसार स्थानान्तरण एवं व्यवस्थापन गर्ने लगायतका ५ बुँदे सहमति समेत भएको उर्जामन्त्री बर्षमान पुनले जानकारी दिएका छन् ।

चालू आर्थिक वर्ष ०७४÷७५ भित्र प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । गत आर्थिक वर्ष ०७३÷७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया