नक्कली नोट प्रकरणमा पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले जेल चलान


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । नक्कली नोटसहित बागबजारबाट पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसँगै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ ।
साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिएको थियो तर, धेरैमा थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया