ट्रिपरले ठक्कर दिँदा जडीबुटीमा एक किशाेरीकाे मृत्यु, बाटो अवरुद्ध


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बा ४ ख ३५५८ नम्बरको ट्रिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Eco Roofing

जडीबुटीमा बालुवा बोकेर कोटेश्वरतर्फ जाँदै गरेको टिपरले कोटेश्वरतर्फ नै गइरहेको बा ७० प ९३९९ स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काभ्रेपलान्चोक घर भएकी २४ वर्षीया अस्मिता भण्डारीको मृत्यु भएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ ।

घाइते भण्डारीलाई उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पतालमा लगिएकामा अस्पतालले मृत्यु भएको जानकारी दिएको हो । स्कुटर चालक आशिष उप्रेती भने सामान्य घाइते छन् ।

आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् । अहिले काठमाडौंदेखि भक्तपुर जाने रआउने बाटो बन्द भएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया