अदालतको आदेश प्रहरीले मानेन, हार्वेष्ट मुनका सञ्चालक फेरि पक्राउ


आर्थिकन्यूज

काठमाडौं, जेठ ३० । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको आरोपमा पक्राउ परेका हार्वेष्ट मुन ग्रुपका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले छाड्ने आदेश दिएपनि प्रहरीले पुन पक्राउ गरेको छ । श्रेष्ठलाई अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

Eco Roofing

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमर बस्नेतको इजलानसले धरौटीमा छाड्न आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालयले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । जेठ ७ मा भीएलएनको कार्यालयबाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया