नेपालको प्रधानन्यायाधीशमा जोशी सिफारिस


आर्थिकन्यूज

२९ जेठ, काठमाडौं । गत फागुन ३० देखी रिक्त रहेकोे प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । संवैधानिक परिषदले मंगलबार बसेको बैठकले जोशीको नाम सिफारिस गरेको हो ।

प्रधानन्यायाधीशको जिम्मेवारीसमेत सम्हलिरहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरिएको स्रोतले बताए । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायम मुकाम प्रधानन्यायाधीशमा चयन भएका थिए ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । जोशी अतिरिक्त न्यायाधीश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

लामो समयसम्म सर्वोच्च अदालत नेतृत्वविहीन भए पनि संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाइ समिति गठन नभएकाले प्रधानन्यायाधीश चयन प्रक्रिया रोकिएको थियो । संसदको कार्यसञ्चालन नियमावली बने पश्चात् प्रधानन्यायाधीश चयन गर्ने बाटो खुलेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया